डा गोविन्द केसीले आज पत्रकार सम्मेलन गदै

१२ आश्विन २०७५, शुक्रबार ११:१६

 

काठमाडौं– सरकारले यसअघि आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा गोविन्द सीले चिकित्सा शिक्षा विधेयकका बारेमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सहमति कार्यान्वयन नगरे कार्तिक १६ गतेदेखि १६ औँ अनसन बस्ने चेतावनी दिएका डा केसीले शुक्रबार दिउँसो २ बजे त्रिवि शिक्षणा अस्पतालमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा विधेयकका बारेमा सरकारले आफूसँग गरेको सहमतिका बारेमा जानकारी दिन लागेको केसीका सहयोगिहरुले जनाएका छन् ।

डा। केसीले यसअघि नै सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी कात्तिक १६ गतेदेखि १६ औं अनशन थाल्ने चेतावनी दिएका थिए ।