्सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ फुदबांग निवासी भिम बहादुर ताम्राकारकी श्रीमती माया ताम्राकारले गत मिति २०७५ साल असोज ६ गते शनिवारको दिन बिष सेवन गर्दा उनको आज ४ दिन पछी मृत्यु भएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीमा उनको उपचार हुन् नसके पछी थप उपचारको लागि ४ दिन अघाडी मायालाइ भैरहवा टिचिङ अस्पतालको लागी रिफर गरिएको थियो । भैरहवा अस्पतालमा उनको थप उपाचार भैसकेपछी निजको स्वास्थ्यमा केहि सुधार देखिएको थियो ।
मायाको स्वास्थ्यमा सुधार देखिएपछी डाक्टरहरुको सल्लाह सुझाब अनुरुप उनलाई आफन्तहरुले घरमा ल्याएका थिए । भैरहवा अस्पतालको थप उपचार पछी घरमा ल्याएका मायालाइ असोज (९ गते मंगलबारको दिन पुन उनको स्वास्थ्यमा खरावी देखाएपछी जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना गरिएको थियो ।
जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टरहरुको चेकजाँच पछी बिष सेवन गर्ने मायाको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएपछी भैरहवा टिचिंग अस्पतालमा रिफर गरिएको थियो तर बिडम्बना उनलाई सन्धिखर्क बाट भैरहवा लैजाने क्रममा बीच बाटो पथरकोटमै मृत्यु भएको छ ।
मृतक मायाको घरमा उनका ५ छोरि र १ छोरा रहेका छन् ,उनको गत असोज ९ गते मंगलबारको दिन उपचारको लागि भैरहवा लैजादै गर्दा राति ११ बजे तिर पथरकोट पुग्दा निधन भएको घरपरिवारको भनाइ रहेको छ ।
अहिले मृतक माया ताम्राकारको शवलाइ जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टमका लागि राखिएको छ ।