काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सबै प्रदेशकाम प्रदेशका अध्यक्ष, सचिव, इन्चार्ज र सह इन्चार्ज तोकेको छ । नेकपा सचिवालयको शुक्रबार विहान बसेको बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।
भागवण्डा गर्दा नेकपाले तत्कालीन एमाले र माओवादीका आधारमा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकेको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इन्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरु आएका छन् ।
प्रदेश १
इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सह-इन्चार्जः साबित्रीकुमार काफ्ले
सचिवः सुरेश बहादुर राई
प्रदेश २
इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सह-इन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः नारायण दाहाल
सह-इन्चार्जः हितबहादुर तामाङ
सचिवः आनन्द पोख्रेल
गण्डकी प्रदेश
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सह-इन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली
प्रदेश ५
इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सह-इन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सह-इन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सह-इन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी