आजका खबर पत्रिकाः कक्षा कोठामै बालिका बलत्कार, सरकारी खर्चमा काठमाडौंका मेयर श्रीमतीसहित अमेरिका, भिडियो खिचिरहेकै अवस्थामा गोली चल्दा एकको मृत्यु

५ आश्विन २०७५, शुक्रबार ०७:२९

काठमाडौं । काठमाडौंबाट प्रकाशित आजका राष्ट्रिय दैनिक खबर पत्रिकाहरुले सत्तारुढ दल नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको तयारी गरेको विषय परेको छ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले राजीनामा नदिएपछि नेकपाले उनीविरुद्ध महाभियोगको तयारी गसररहेको समाचारलाई पहिलो प्राथमिकतामा छापेको छ ।

यस्तै खबर पत्रिकाहरुले पेट्रोलियम ढुवानीमा चालकले अवरोध गर्दा बजारमा इन्धन अभाव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरे नियुक्त भएको, सरकारी खर्चमा काठमाडौंका मेयर श्रीमतीसहित अमेरिका सयरमा निस्केको, १० संसदीय समितिका सभापति निर्विरोध छानिएको, भारतबाट आएर नेपालमा हत्या गरिएको, नेकपाका नेता कामविहीन बनेकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

न्यायाधीश जोशीविरुद्ध महाभियोगको तयारी गरिएकोबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले निर्मलाको पोस्ट मार्टम रिपोर्ट बाहिरिएकोलाई पनि प्राथमिकताका साथ छापेको छ । समाचार अनुसार पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि नै उनको हत्या गरिएको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा घाँटी अठ्याएर भन्ने उल्लेख छ । नयाँ पत्रिकामै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य श्रीमतीसहित सरकारी खर्चमा अमेरिका सयरमा निस्केको अर्को खबर पनि छ ।

सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरिरहेको बताइरहँदा मेयर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका हुन् । महानगरको काम नगरेको भन्दै आलोचना खेप्दै आइरहेका शाक्य सडकभर फोहोरको डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेपछि आलोचना शुरू भएको छ । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । भ्रमणतालिका १० दिने छ ।

नयाँ पत्रिका लेख्छ– सरकारी पदमा रहेका व्यक्तिको अनावश्यक विदेश भ्रमण रोक्न कडाइ गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान स्वीकृत दिएको छ ।

महानगरपालिकाले भने अमेरिकाको सहर हेर्न मेयर शाक्य त्यसतर्फ गएको दाबी गरेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले भदौ १ बाट लागू मुलुकी अपराध ९संहिता० ऐन २०७४ लाई बहाना बनाएर ट्यांकर चालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको जनाएको छ । बुधबार इन्धन ढुवानी नभएपछि बिहीबार राजधानीका खुलै रहेका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोल भर्ने सवारी साधनको लाइन लागेको नागरिकको समाचारमा उल्लेख छ ।

नागरिकमै प्राविधिक जनशक्ति अभाव भएको अर्को खबर पनि छ । समाचार अनुसार सरकारले जनशक्ति नपाउँदा निजामती सेवाका कतिपय दरबन्दी वर्षौंदेखि रिक्त छन् । लोकसेवा आयोगले आवेदन खुलाएका कतिपय पदमा दरखास्त परेका छैनन् भने दरखास्त फाराम भरेर पनि परीक्षा दिन नजाने अवस्था देखिएको छ ।

लोकसेवा आयोगका अनुसार तयार हुँदै गरेको प्रतिवेदनमा ६४ वटा विज्ञापनमा कसैको पनि आवेदन परेको छैन । आवेदन दिएका २० वटा विज्ञापनमा कोही पनि परीक्षामा सहभागी भएनन् भने दुई सय १६ पदमा कोही पनि उत्तीर्ण भएनन् ।

गोरखापत्रले सरकारी भाषा तय गर्न ६ आधार प्रस्ताव गरिएकोलाई एंकर बनाएको छ भने राजधानीले संसदीय सुनुवाइ समितिमा महिला वर्चश्व भएको लेखेको छ ।

गल्ती कस्को दशैंको लागि टिकट बुकिङ्ग नखुल्नुमा
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ तत्काल खुल्ला नगर्ने निर्णय गरेको छ । महासंघको हिजो बसेको बैठकले आफ्नो माग पूरा गर्न सरकार उदासिन रहेको भन्दै अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको थियो । सो समयसीमा आजहिजो सकिएको छ । नेपाल आयल निगमले गत सोमबार पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ बढाएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढेर सवारी साधन चलाउनसक्ने अवस्था आएकाले टिकेट बुकिङ नखोल्ने निर्णय गरिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । यसअघि महासंघले आजदेखि अग्रिम टिकेट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

जोशीलाई महाअभियोग लगाउने तयारी गर्दै

राजीनामा नदिई नियमित काममा फर्किएपछि सत्तारूढ नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन सांसदको हस्ताक्षर संकलन गरेको छ। संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशी लामो समय बिदामा बसेका थिए। तर केही दिनयता फेरि नियमित काममा फर्किएपछि जोशीविरुद्ध महाअभियोग प्रस्ताव लगाउन सांसदको हस्ताक्षर संकलन गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका जोशीलाई शैक्षिक प्रमाणपत्र र विवादित फैसलाको कारण देखाउँदै सुनुवाइ समितिले अस्वीकृत गरेको थियो। जोशी अस्वीकृत भएपछि संवैधानिक परिषद्ले ओमप्रकाश मि श्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत जोशी प्रधानन्यायाधीशमा मिश्रको नियुक्तिसँगै घरबिदा बसेका थिए।

राजीनामा दिन सरकारको आग्रहविपरीत जोशी नियमित काममा फर्किएपछि सत्तासीन नेकपाले महाअभियोगको बाटो लिएको जनाएको छ। कानुनमन्त्री भानुभक्त ढकालले केही दिनअघि जोशीलाई भेटेर राजीनामा दिन आग्रह गरेका थिए। तर उनले राजीनामा नदिने अडान राखे। त्यसपछि सत्तारूढ दल महाअभियोगको तयारीमा लागेको हो। ‘जोशीविरुद्ध महाअभियोगका लागि हाम्रो पार्टीका सांसदको हस्ताक्षर संकलन गरेका छौं’, नेकपाका प्रमुख सचेतक देव गुरुङले बिहीबार अन्नपूर्णसँग भने, ‘आवश्यक परेको बेला संसद्मा दर्ता गर्छौ ।’

प्रमुख सचेतक गुरुङले बिहीबार संसद् भवन बानेश्वर र नेकपा संसदीय दलको कार्यालयमा पार्टीका सांसदको हस्ताक्षर संकलन गरेका थिए। ‘कसैले बानेश्वर, कसैले सिंहदरबारमा हस्ताक्षर गर्‍यौं’, नेकपाका एक सांसदले भने। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल चीनबाट फर्किएपछि जोशीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाएका हुन्। जोशीविरुद्ध महाअभियोग प्रस्तावको तयारी गरिएको हो र भन्ने प्रश्नको नेम्वाङले कुनै जवाफ दिएनन्।

संविधानको धारा १ सय १ को उपधारा ९२० मा प्रतिनिधिसभामा तत्काल कायम सदस्य संख्याको एक चौथाइ सांसदले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीविरुद्ध संसद्मा महाअभियोग पेस गर्न पाउने व्यवस्था छ। संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै सम्बन्धित व्यक्ति पदबाट निलम्बन हुने र उक्त प्रस्तावमाथि छानबिन गर्न प्रतिनिधिसभामा एक महाअभियोग सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ।

प्रतिनिधिसभाको दुईतिहाइ बहुमतबाट महाअभियोग प्रस्ताव पारित भए सम्बन्धित व्यक्ति पदबाट स्वतस् मुक्त हुनेछ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेकपाका १ सय ७४ सदस्य छन्। सत्तासीन फोरमका १६ सांसद थपिँदा सत्तासीन दलको सहजै दुईतिहाइ मत पुग्छ।

 

गोली प्रहार गरी सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा विद्यालय सञ्चालकको हत्या भएको छ । गोली लागेर स्थानीय ४९ वर्षीय खुर्सिद आलम अन्सारीको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी नेपाल प्रवेश गरेको समूहले बिहीबार दिउँसो भुटाहाको व्यस्त बजारमा आलममाथि पेस्तोलबाट गोली प्रहार गरेको थियो । टाउकोसहित विभिन्न भागमा गोली लागेका आलमको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार आलममाथि के कारणले गोली प्रहार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको उनले बताए ।

स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका व्यवस्थापन समिति अध्यक्ष रहेका आलम नेकपा सुनसरीका जिल्ला सल्लाहकार सदस्यसमेत हुन् । गोली प्रहार गरी भागेको समूह भारतको घुर्ना बजार प्रवेश गरेको स्थानीयले बताएका छन् । भुटाहाबाट गोली प्रहार गरी घुस्की पुगेका उनीहरूलाई प्रहरीले घेरा हाली पक्राउ गर्ने प्रयास गरेको थियो । घुस्की प्रहरीले बाटोमै छेकेर पक्राउ गर्न खोजेपछि हतियारधारी समूहले जवान शिवलाल पौडेलमाथि गोली प्रहार गरेको थियो।

गोली लागी घाइते भएका जवान पौडेलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दाहिने कम्मर र दाहिने तिघ्रामा गोली लागेका उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । समाजमा राम्रो छवि भएका आलम हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

नेकपा सुनसरीका नेता मुक्साहाङ मेन्याङ्बोले आलम हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग सरकारसँग गरेका छन् । यो घटनाले पार्टीलाई अपूरणीय क्षति पुगेको उनको भनाइ छ ।

प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नेपाल–भारत सीमा क्षेत्रमा व्यापक जनशक्ति परिचालन गरेको जनाइएको छ । घटनापश्चात् सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख एसपी सुरेश श्रेष्ठ भारतको सुपोल जिल्लाका सुरक्षा प्रमुखसँग भेट गरी अपराधीलाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरी फर्किएका छन् । भारतीय सुरक्षा अधिकारीले अपराधीलाई पक्राउ गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको एसपी श्रेष्ठले बताए ।

भुटाहामा गोली प्रहार गरी भारतीय मोटरसाइकलमा दुई जनाको समूह घुस्कीतर्फ भागेको सूचना पाउनासाथ प्रहरी टोली हतियारसहित बाटोमा पुगेको थियो । जनतालाई लाग्ने डरका कारण आफूले जवाफी फायर नखोलेको प्रहरी जवान पौडेलले बताए । अभियुक्तसँग जम्काभेट हुनासाथ आफूले मोटरसाइकल रोक्न चेतावनी दिएको उनले सुनाए । प्रहरीको आवाज सुन्नेबित्तिकै बाटोमा स्थानीयको भीड लागेको थियो । त्यही भीडमा हतियारधारी समूहले आफूमाथि गोली प्रहार गरी घाइते बनाएको प्रतिष्ठानमा उपचाररत पौडेलले सुनाए ।

‘सुरुमा आफूसँग भएको राइफल फायर खोलेर अभियुक्तलाई घाइते बनाई पक्राउ गर्ने योजना बनाएँ’, उनले भने, ‘तर, उनीहरूको नजिकै रहेका जनतालाई लाग्ने भएपछि मैले फायर नखोल्दा ममाथि नै गोली प्रहार भयो ।’

अभियुक्तले टाउको ताकेर हानेको गोली आफूले छलेपछि कम्मर र खुट्टामा लागेको उनले सुनाए । ‘गोली लागेर ढल्दा मर्छुजस्तो लागेको थियो’, उनले भने, ‘साथीहरूको सहयोगमा समयमा अस्पताल लगेपछि बाँच्न सफल भएँ ।’ यसैबीच दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

हामी ‘काँडेतार’ नामक चलचित्रको सुटिङका लागि लोकेसन हेर्न सुनसरी आएका थियौं। हामी यही क्रममा हरिनगरा गाउँपालिकामा पर्ने भुटाहा पुगेका थियौं। यो चलचित्रले नेपाल९भारत सीमामा काँडेतार लगाउनुपर्छ र सीमा नियन्त्रण गर्नुपर्छ भन्ने विषय उठाएको छ।

हामी तराई क्षेत्रको सीमा हेर्दै सुनसरी आएका थियौं। हामीसँग क्यामेरा थिएन। भुटाहा बजारमा गाडी रोकेर मोबाइलले दृश्य खिच्दै थियौं। भिडियो खिचेर एक राउन्ड घुमाइसक्दा पछाडि गोली चलेको आवाज आयो। भारतीय मोटरसाइकल हुइँकिँदै भागिसकेको थियो। मानिस ढलिसकेको थियो। मोटरसाइकल र हाम्रो गाडी सँगैजसो गुड्दै रहेछ। हामीलाई वास्तै भएन। जब गाडी रोकेर मोबाइलले भिडियो खिँच्दै मात्र थियौं तब गोली चल्यो।

मानिस ढलिसकेपछि भीड जम्मा भयो। प्रहरीहरू पनि आए। पछि मृतकको पहिचान भयो। उनी खुर्सिद आलम नाम गरेका शिक्षा क्षेत्रमा सक्रिय व्यक्ति रहेछन्। त्यहाँबाट भागेका भारतीय बन्दुकधारीलाई नेपाल प्रहरीले बाटोमा भेटेर रोकेछ। तर, प्रहरीलाई नै गोली हानेर बन्दुकधारी भागेछन्। त्यस क्रममा एक जना प्रहरी घाइते नै भएछन्।

हामी फर्किन लाग्दा पनि शव उठाइसकेको थिएन। प्रहरी९प्रशासनका प्रतिनिधि त्यहाँ पुगिसकेका थिए। सायद वार्ता भयो होला। यो घटनाले मलाई चिसोपन भयो। राष्ट्रवादी चलचित्र बनाएकै कारण बेला९बेला मैले भारतीय पक्षको धम्कीसमेत खेपेको छु। मैले ‘क्रान्ति’, ‘आवाज’, ‘दसगजा’, ‘भीमदत्त’जस्ता राष्ट्रभक्तिले ओतप्रोत चलचित्र बनाएको छु। त्यस्तै, अर्को राष्ट्रवादी चलचित्र बनाउनका लागि लोकेसन हेर्न जानु, सोही बेला सोही ठाउँमा भारतीयले नेपालीको हत्या गर्नुले नरमाइलो लाग्यो। (चलचित्रकर्मी नवल खड्कासँग हिमाल दाहालले गरेको कुराकानी) खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

कक्षा कोठामै बालिका बलत्कार गरेको आरोपमा एकजना पक्राउ

कञ्चनपुरका कृष्णपुर नगरपालिका १ मा कक्षा कोठामै बालिका बलात्कार गरेको आरोपमा एक छात्र पक्राउ परेका छन् । कालिका मावि बण्डमा विद्यालय छुट्टी भएपछि कक्षा ६ मा अध्ययनरत १० वर्षीय छात्रले सोही विद्यालयमा २ कक्षामा अध्ययनरत बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार बालिकाको गुप्तांगबाट रगत बगिरहेको छ । उनको बिहीबार महाकाली अञ्चल अस्पतालमा मेडिकल गरिएको उनले बताए । उनका अनुसार विद्यालयको कक्षा कोठामै बलात्कार भएको हो । खबर आजको कान्तिपुरमा छ ।

गाउँ भरिनै झाडापखला प्रकोप

झाडापखालाले महोत्तरीको जलेश्वर नगरपालिका९१२ नैन्हीकी चार वर्षीया बालिकाको ज्यान गएको छ भने एक सय २५ जना बिरामी परेका छन्। भारत घर भई मामा घरमा बस्दै आएकी खुश्वु खातुनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले जानकारी दिए।

झाडापखला पीडित पाँचजनालाई गाउँमै स्वास्थ्य शिविरमा राखेर उपचार गरिएको छ। चार जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ। रेफर गरिएकामा एक गर्भवति र तीन बालबालिका छन्।

झाडापखालाबाट बिरामी पर्ने सबै मुस्लिम समुदायका छन्। नैन्हीको मुस्लिम बस्तीमा चारदिन अघि नै झाडापखालाको प्रकोप देखा परेको थियो। गाउँलेले उद्धृत गर्दै स्वास्थ्यकर्मी सन्तोष ठाकुरले जनाएअनुसार नैन्हीका धान खेतको विषाक्त माछा खाएकोहरूमा झाडापखाला देखिएको हो।

तर, माछा नखानेमा पनि झाडापखाला पीडित भएको स्थानीयले जनाएका छन्। ‘झाडापखालाबाट ज्यान गुमाएकी बालिकाले माछा खाएकी थिइनन् स्वास्थ्यकर्मी ठाकुरेले भने, ‘माछा नखाने वैष्णवी पनि झाडापखालाबाट पीडित भएका छन्।’ झाडा पखाला के कारणले फैलियो भन्ने कारण पत्ता लागेको छैन।

नैन्ही खुल्ला दिसामुक्त गाउँ हो। तर, सरसफाईको अभावमा छ। भदौ २९ गते फैलिएको झाडापखालाको खबर जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा असोज २ गते मात्र आएको थियो।

खबर पाएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक ठाकुर नेतृत्वको टोली आवश्यक औषधि र स्वास्थ्यकर्मीसहित नैन्ही गाउँ पुगेका थिए। नैन्ही गाउँको मदरसामा तीन दिनदेखि स्वास्थ्य शिविर चलिरहेको छ। गाउँभर झाडापखाला फैलिएपछि मदरसा बन्द गरिएको छ।

झाडापखालाबाट गाउँ नै पीडित भएपछि स्थानीय बिरामी परेपछि प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्र नैन्ही गाउँ पुगेका थिए। जलेश्वर नगरपालिका प्रमुख मि श्रले झाडापखालाबाट पीडित बिरामीलाई निःशुल्क औषधि व्यवस्था गरिएको जनाए। खबर आजको अन्नपूर्ण पोष्टमा छ ।