
काठमाडौं । मलामी गएका बेला बाग्मती नदीमा डुबेर रौतहटका एक युवकको मृत्यु भएको छ । उनको बाग्मति नदिमा बुधबार नुहाउने क्रममा मृत्यु भएको हो ।
नदीमा नुहाउने क्रममा गढीमाई नगरपालिका ४ सुन्दरपुरका अरबिन्द भनिने रत्नेस कुमार यादव बुधबार बेपत्ता भएका थिए । मलामी गएको बेला नुहाउन नदीमा पसेका यादव निर्माणाधीन पुलको पिल्लर नजिक पुगेको बेला बेपता भएका थिए ।
उनी बेपत्ता भएदेखि नै स्थानीयले खोजी गरिरहेका थिए । स्थानीय र प्रहरीको सहयोगमा २४ घण्टापछि मात्रै उनको शव फेला परेको हो ।
यादवको शव गढीमाई नगरपालिका(७ पकहा टोल नजिक बाग्मती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए ।
