काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ ।
आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा आवेदन दिएकोदिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
आइपिओ निष्कासन गर्न आवेदन दिने १७ कम्पनीमध्ये १३ जलविद्युत् कम्पनी, दुई लघुवित्त कम्पनी, एक इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक रहेका छन्।