काठमाडौं । नेपालको संविधान जारी भएको तिन बर्ष पुगेर चार बर्ष प्रवेश गरेको अवसरमा बुधबार सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । कार्यक्रममा मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी थिए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२ ।६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो। आजको दिनलाई खुशिको दिन भनेर सम्झनु पर्छ ।
आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरिएको थियो ।