बागलुङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु

१ आश्विन २०७५, सोमबार १६:१६

बागलुङ । बागलुङको बडिगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमा नजिकै तुरतुरे भन्ने स्थानमा गएको पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको क्षत्रदेव गाउँपालिका वडा नम्बर १ घर भएकी ४० वर्षिय विभिरन मियाँको घर जाँदै गर्दा मृत्यु भएको हो । मृतक बुर्तिवाङमा व्वावसाय गर्दै आएकी थिईन । मिँयाका श्रीमान र छोरा संगै घर जाने क्रममा उनको मृत्यु भएको हो । पहिरो भएको स्थान पार गर्न लागेको बेला एकाएक माथीबाट पहिरो खसेको थियो । उनको विहान ११ बजेतिर पहिरो खसेर पुँरिदा मृत्यु भएको हो ।

पहिरो खस्दा श्रीमान र छोरा बाच्न सफल भएपनि उनको भने पुरीएर मृत्यु भएको हो । उत्तः क्षेत्रमा विगत ३ दिन अघिदेखी लगातार बग्न थालेको पहिरोले त्यहाँको खोला समेत थुनिनुका साथै २ घर र गोठहरु डुवाएको थियो । साथै नदि थुजिनएका कारण अहिले उक्त क्षेत्रमा अहिले ताल बनेको वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताएका छन् ।

पहिरोले नदि पुरिँदा ताल बनेको स्थान

यस्तै हालै पहिरोको समस्या समाधान गर्नको लागी बडिगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको आजै बसेको बैठकले उक्त पहिरोबाट बढ्ने समस्या कम गर्नका लागी संयुक्त रुपमाा मिलिमतोमा काम गर्ने भएका छन् । दुवै स्थानीय तहले आ आफ्नो क्षेत्र भित्र पर्ने स्थानमा डोजर प्रयोग गरेर पहिरो पन्छाउने बताएका छन् । यस्तै मृतकलाई २५वडिगार्ड गाउँपालिका, २५ ढोरपाटन नगरपालिकाले राहत उपलब्ध गडराउने भएको छ भने ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले रु १० हजार सहित ६० हजार राहत उपलब्ध गराईने भएको छ ।

उता डुवानमा परेरकालाई पनि ढोरपाटन नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । नगपालिकाले देविराम कुमाललाई ७५ हजार नगद सहित घर बनाईदिने, कृण कुमाललाई रु ५० हजार नगर र गोठ, चुणा बहादुर कुमाललाई रु ४० हजार नगद सहित जस्तापात र दुर्गा कुमाललाई रु २५ हजार नगद सहित जस्तापाता सहयोग गर्ने भएको छ ।

बडिगार्ड गाउँपालिका अध्यक्ष पाइजाका अनु्सार पहिरो कल्पना पनि नगरिएको स्थान गएको बताउका छन् । अध्यक्ष पाईजाले भने्, त्यस क्षेत्रमा पुरै पत्थर रहेछ। कुनै पनि स्थानमा माटो छैन् । तर, त्यसको भित्र पानीको मुल रहेछ यसकाराण् पहिरो खस्यो । अनि धनजनको क्षति भयो। उक्र स्थानमा गत भदौ २८ गते जमिन दर्किएको थिया। सोहि महिनाको २९ गते साँझ ५ बजेर ३२ मिनेट जाँदा मातथीबाट पहिरो खसेको हो ।