
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा समितिको बैठकको आह्वान गरेका छन् । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले ११ बजेका लागि बोलाइएको छ । मुलुकमा पछिल्लो समय भइरहेका घटनाक्रमका बिषयमा सुरक्षा निकायलाई कसरी चुस्त दुरुस्त बनाउने भन्ने बिषयमा छलफल हुनेछ ।
भिन्न ठाँउमा भइरहेका हत्या हिंसा, बलात्कारलाई रोक्न सरकारले ठोस कदम चाल्ने गरी तयारी भइरहेको छ । आपराधिक त्रियाकलापबाट बच्न र त्यसका विरुद्ध प्रतिरक्षाका निम्ति विभिन्न तालिमको आयोजना गर्ने सरकारको तयारी रहेको छ ।
मुलुकमा शान्ति स्थापना गर्न स्थापना भएको सुरक्षा निकायमाथि नै जनताले प्रश्न उठाउन थालेपछि प्रधानमन्त्री ओलीले बैठकको आह्वान गरेृको उनका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिएका छन् ।