बझाङ । बझाङमा बालकले गाली गरेको निहँमा ढुंगाले हानेर हत्या गरिएको छ । मृत्यु हुनेमा जिल्लाको छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशल रहेका छन् ।
कुशललाई उनकै छिमेकीबाट हत्या भएको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकको भित्रि पृष्ठमा छ । समाचार अनुसार उनलाई गाली गरेको निहुँमा उनको हत्या गरिएको हो ।
सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् । तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँु, तिलकले भने, ुत्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ । तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् ।