
कालिकोट । स्थानीय सरकार गठन भएको करिब डेढ वर्ष वित्न लाग्यो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि वर्षौ भयो। तर, दलित जनप्रतिनिधीहरुको कथा व्यथा भने उस्तै छ । गाउँ गाउँमा सिंह दरवार आयो गाउँका सिंह दरवारमा छिरेका दलित जनप्रतिनिधिहरुले सिंह मात्र आएको तर, दरवार नआएको आभाष भईरहेको बताउछन् ।
यो समस्या जनप्रतिनिधि बन्नुअघि उनीहरूले समाजमा जसरी हुर्ने गरेको थियो । अहिले पनि उहि नजरले हेर्ने गरेकोले सिर्जना भएको हो । उनीहरुलाई हेर्र्ने नजरमा परिवर्तन आउन नसकेको उनीहरूको अनुभव छ । आफूजस्तै अन्य जनप्रतिनिधिको गाउँमा छुट्टै सम्मान प्रत्यक्ष देखेका उनीहरूलाई जनप्रतिनिधिबीच नै गरिएको विभेदले नरमाइलो अनुभव सँगाल्न बाध्य बनाइरहेको छ ।
आफूहरूले जनताको सेवामा काम गर्ने गरेको भए पनि गैरदलितबाट सम्मान नपाएको उनीहरूको अनुभव छ । कसैले आफूहरूलाई नमस्कार गरे पनि व्यंग्य मिश्रित हुने गरेको दलित जनप्रतिनिधिको अनुभव छ ।
तिलागुफा नगरपालिकाकी उपप्रमुख हुन् दन्ता नेपाली (दर्शना) । गैरदलितले आफूलाई नमस्कार गरे पनि व्यंग्यात्मक तवरले गर्ने गरेको उनको अनुभव छ । आजको राजधानीमा यो समाचार छापिएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा पनि वडाध्यक्षदेखि माथिका जनप्रतिनिधिहरूमा यो समस्या देखिन थालेको छ । पुरानै संस्कृतिबाट हुर्केको समाजमा जातीय रूपमा दलितहरूप्रति हेर्ने दृष्टिकोण फरक भएका कारण सम्मानमा कन्जुस्याइँ हुने गरेको हो ।