काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफलतापूर्ण बितेको दाबी गरेका छन् ।
संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिने कार्यकाल लाजमर्दो भएन र ? भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री थापाले त्यसको खण्डन गदै भने ,
शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको छ । छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण सबैभन्दा राम्रो भएको दावी गरेका छन ।
गुण्डागर्दी निस्तेज, तस्करका सञ्जाल ध्वस्त पार्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने काम भएको भन्दै गृहमन्त्री थापाले भने, ‘यो ६ महिनामा जति हत्या, बलात्कारका घटना भएका छन्, यो भन्दा अगाडिका कार्यकालमा बढी भएको छ ।’