विदेशमा उपचार गराउने नेतालाई राज्यकोषबाट पैसा नपाईने

२९ भाद्र २०७५, शुक्रबार ०८:१७

काठमाडौं । मुलुकका उच्च पदस्थ नेताहरुले आफ्नो उपचारको लागी वर्षेनी करोडौं रकम खर्चेर विदेश जाने गरेका छन् । त्यो पनि सरकारी खर्चले जान्छन् । तर, अब सरकारले यसलाई प्राथमिकता नदिने भएको छ । विदेशमा उपचार गराउन जाने नेताहरुले अब आफ्नै खर्चमा त्यहाँ जानु पर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ ।

विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएका विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको छ ।
संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पाति भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।

विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो ।