ग्लोबल आइएमई बैंकले गर्यो गोरखा शाखाको औपचारिक उद्घाटन

२८ भाद्र २०७५, बिहीबार १८:२९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिले बिहिबार गोरखा शाखाको उद्धाटन गरेको छ । गोरखाको गोरखा बजार स्थीत रहेको उक्त शाखाको आज औपचारिक उद्घाटन गरेको हो ।

बैंकको उक्त शाखालाई गोरखाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन् ।

यस्तै सोही शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरिन्। उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिँदै बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने बताए।

उनले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा,कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

ग्लोबल आइएमई बैंकले गोरखा जिल्लामा गोरखा बजार, मनकामना र सिरानचोक गरी ३ वटा शाखा सञ्चालन गरिरहेको छ।

त्यस्तै गरी ग्लोबल आइएमई बैंकले बिहिबार देखि नै आफ्नो १३२ औ शाखा र १३७ औ एटिएम सेवा नवलपरासी जिल्लाको गैडाकोटमा सञ्चालनमा ल्याएको छ। गैँडाकोटमा खोलिएको नयाँशाखा र एटिएम सेवासँगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ।

त्यस्तै गरी बैंकले १०२ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर,१५ वटा राजश्व संकलन काउण्टर, विदेशमा ३ प्रतिनिधिरसम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ।

यसका साथै अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदानगर्दै आइरहेको छ।