ट्राफिक नियम पालना नगरे नम्र बोली मीठो कारबाही

२६ भाद्र २०७५, मंगलवार ०७:४०

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने नयाँ रणनीतिक योजना अपनाउने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रहरीले सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकहरुमा यस्तो नियम लागु गर्न लागेको हो ।

सवारी चालकले ट्राफिक नियम पालना गरे हामी उनलाई सम्मानसहित नम्र बोल्छौँ, स्याङ्ज्या ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाघाटले भन्ने, चालक सावधान नहुँदा सवारी दुर्घटना हुने गरेकाले अव कडा कारवाही होई मीठो कारवाही गरेर सचेत गराउँछौँ ।