भेटियो रुपन्देहिमा अर्धनग्न अवस्थामा भेटियो युवतीको शव

२५ भाद्र २०७५, सोमबार १९:०४

रुपन्देहीमा एक युवतिको शव अधृनग्न अवस्थामा भेटिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका ७ स्थीत दानव नजिकै ति युवतीको शव फेला परेको हो ।

तराईको बासिन्दा जस्तै देखीने अन्दाजी २२ वर्षकी युवतीको शव अर्धनग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

स्थानीयले बिहानै पुलनजिक शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी आउनसाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय छपियाको टोली घटनास्थल पुगेको थियो ।

शव पहिचना हुनसकेको छैन । पाँच फिट ४ इन्च उचाइ भएको युवतीको घाँटीमा निलडाम रहेको इलाका प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले जनाए अनुसार घटना हेर्दा शंकास्पद देखिएको छ । शव भेटिएको स्थानमा पुरुषको चप्पल भेटिएको छ ।