डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

२४ भाद्र २०७५, आईतवार १४:५३

पोखरा – शनिबार मध्यान्ह बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उद्दार टोलीले आइतबार ६ मृतकको शव तालबाट बाहिर निकालेको छ भने शनिबार नै २ जनाको मृत्यु भएको थियो ।
मृतकहरुमा ७ वर्षीय शंकर खनाल, ४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल र ३२ वर्षीय रवी खनालको रहका छन् । कृष्णकुमारी बजगाईं र जमुना गैरेको पनि मृत्यु भएको छ । कृष्णकुमारी र जमुनाको शनिबार नै उपचारको क्रममा मृत्यु भएको हो ।

तालमा डुबेका सपना खनाल र निशा पौडेलको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् ।