मकवानपुरमा एक दम्पतिको विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद भएको समाचारलाई आजको नयाँ पत्रिकाले विषेश स्थानका साथ छापेको छ । समाचार अनुसार लालीगुराँस नगरपालिका ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागी विवाह गरे ।
त्यतिबेला चन्द्रा १५ बर्ष र मनकुमार १७ बर्षका मात्रै थिए । विाहपछिका तीन बर्षसम्म त ठीकै थियो । तर, त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो ।
चन्द्राको उजुरीपछि जिल्ला अदालत तेह्रथुमले २१ फागुन ०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गर्यो । कलिलै उमरेमा विहे गरेकी २१ बर्षीया चन्द्रा र २३ बर्षीया मनकुमार अहिले अलग अलग छन् ।
