प्रेस स्वतन्त्रता माथि हस्तक्षेप हुन दिन्नौंः देउवा

२३ भाद्र २०७५, शनिबार १८:३७

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा प्रेस स्वतन्त्रा माथि हस्तक्षेप हुनु मुलुकको लागी नै दुर्भाग्य हुने बताएका छन ।

 

प्रेस स्वतन्त्रता माथि कुनै पनि हालतमा हस्तक्षेप हुन नदिने बताएका छन् । सभापति देउवाले पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न पत्रकारलाई सुझाव पनि दिएका छन । उनले कांग्रेस सँधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट पारे ।

बुटवलस्थित एक टेलिभिजनको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन ।

उनले प्रदेश ५ मा रहेका संचारमाध्यमहरुलार्इ बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्न सुझाव दिए । मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचार प्रसार आवश्यक पर्ने उनले बताए ।