
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स–परिवारलाई
आज शनिवार अभिनन्दन गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधामन्त्रीका पिता मोहनप्रसाद ओलीलाई ओली वंश अक्षय कोषले सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गर्न लागेको छ ।
कोमल ओलीले गीत गाउने
ओली वंश अक्षय कोषले बालुवाटारमा प्रधानमन्त्रीलाई अभिनन्दन गर्नुका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि गर्ने भएको छ । मनोरञ्जनात्मक कार्यक्रममा सांसद कोमल ओली, किशोर संगम, नारायण ओलीले गीत प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा लय संग्रौला, ज्ञानु राणा लगायतका अन्य नव कलाकारहरु पनि सहभागी हुने आयोजकको भनाई छ ।
