काठमाडौं– राजधानीको स्वयम्भुमा मृत फेला परेका श्यामकुमार श्रेष्ठ शेयर कारोबारी भएको खुलेको छ ।
मकवानपुरको मार्खु–७ स्थायी घर भई काठमाडौंको नैकाप बस्दै आएका २६ बर्षीय श्यामले शेयर कारोबारबाट सानो उमेरमै प्रशस्त पैसा कमाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको बा। ८ च ७०२१ नम्बरको आफ्नै स्विफ्ट कारभित्र पछाडिको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा फेला परेका श्यामको मृत्युको कारण खोजी भइरहेको बताइएको छ ।
बुधवार राती गाडी भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बिहिबार बिहान प्रहरीले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्ज पठाएको थियो ।
