सरकारले वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी गरेको छ।

Hssssssssssss
मन्त्री शक्ति बहादुर बस्नेतले मुलुकको अहिलेको चुनौतीलाई सामना गर्न वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी भइरहेको बताएका छन ।
बिहिबार ललितपुरमा आयोजित खानेपानी सरसफाइसम्बन्धी कार्यक्रममा बोल्दै उनले खानेपानीको उचित व्यवस्थापनका लागि एकीकृत कानून निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
मन्त्री बस्नेतले स्वच्छ वातावरण र शुद्ध खानेपानी उपयोग गर्ने नागरिकको संवैधानिक अधिकारलाई प्रत्याभूति दिलाउन सरकारले विद्यमान ऐन, कानूनमा संशोधन गर्दै लैजाने योजना पनि अघि सारे।
मन्त्री बस्नेतले खानेपानीको उचित व्यवस्था गर्न स्थानीय तहको पनि गम्भीर ध्यानाकर्षण गराए।
