नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भ्रमणका लागि भोली बिहीबार भारत जाने भएका छन्।

उनको निजी सचिवालयले जनाए अनुसार दाहाल नेकपाको अध्यक्षका हैसियतमा भारत जान लागेका हुन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने छन्।
यसअघि दाहालले आफू विकासको एजेन्डा लिएर भारत जान लागेको बताएका थिए।
२०७४ मा संसदीय चुनाव भएर नेकपाको सरकार गठन र पार्टी एकतापछि दाहाल पहिलो राजनीतिक भ्रमणका लागि भारत जान लागेका हुन्।दाहाल आइतवार स्वदेश फर्कने छन ।
