मन्त्री हेरफेर गर्ने सोंचमा नेकपा

२० भाद्र २०७५, बुधबार १०:३०

सरकार बनेको पनि ६ महिना भन्दा बढि भैसक्यो , तर सरकारले सोचे अनुसार काम अघि बढाउन सकिरहेको छैन । सरकार प्रति जनताको असन्तुष्टि बढे पछि नेकपाका दुइ अध्यक्ष बीच गंम्भिर छलफल भएको छ । सरकारका केहि मन्त्रीहरुले सोचे अनुसार कार्य सम्पादन गर्न नसकेको ठहर गदै केहि दिनमा मन्त्री हेरफेर गर्ने दुई अध्यक्ष ओली र दाहालले सोंच बनाएका छन । चुनावका बेलामा जनताको माझमा पुगेर प्रतिवद्दता गरेका कुनै पनि काम सरकारमा भएको बेला सिन्को समेत भाँच्न नसकेको महसुस गदै नेकपाले जनताको काम गर्न असफल मन्त्रीहरुलाई हटाउदै छ । को को मन्त्री हटदै छन त्यो भने अझै खुलाईएको छैन ।