रुपन्देहीमा एक १३ वर्षिय बालिका बलात्कारको सिकार भएकी छिन् । उनलाई बलातकार अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरि अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ६ ति बालिकालाई २२ वर्षीय फिरोज अहमद मुसलमान पक्राउ परेका हुन् । फिरोज सोहि ठाउँका स्थानीय बासिन्दा हुन् ।
बालिकालाई फिरोजले मिठाई खुवाउने प्रलोभनमा पारेर लुम्बिनीको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।
होटलमा लगेर बलात्कार गरेपछि फिरोजले मोबाइलबाट खिचेको नग्न तस्बिर फेसबुकमा पोस्ट गर्ने धम्की दिँदै गर्दा प्रहरीले ती बालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक शंकर पोखरेलले बताका छन् ।