काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको पहिलो खेलमै पाकिस्तानसंग पराजित भएको छ । आजको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भयो ।
खेलको ३४ औं मिनेटमा पेनाल्टीमा गोल खाएर पछि परेको नेपालले ८२ औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । तर खेलको अन्तिम मिनेटमा गोल खाएपछि हार व्यहोर्न बाध्य भयो ।
