सुनको भाउ बढ्यो

१९ भाद्र २०७५, मंगलवार १२:०६

 

काठमाडौं– सोमबारको तुलनामा आज छापावाल सुन रु २०० ले बढेको छ । आज छापावाल सुन प्रतितोला ५७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज प्रतितोला रु ७२० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।