धनुषामा गोली चल्यो

१९ भाद्र २०७५, मंगलवार ०९:३१

धनुषामा अज्ञात समूहले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् ।

उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं
ल्याइएको छ । । शर्माको पेटमा गोली लागेको छ ।

जनकपुरढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ मा उनलाई गोली प्रहार भएको थियो ।