सरकारले प्रभावकारी काम गर्न सकेनः देउवा

१८ भाद्र २०७५, सोमबार १७:२९

 

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रभावकारी काम गर्न नसकेको बिचार व्यक्त गरेका छन् ।

सभापति देउवाले बिमस्टेक शिखर सम्मेलन भने सरकारले सफलतापूर्वक सम्पन्न गरेको प्रतिक्रिया दिए ।

cf

 

 

 

देउवाले नयाँ मुलुकी ऐन जनभावना अनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा पनि जोड दिए । उनले संविधान, कानुन परिमार्जन गर्दै लैजाने दस्तावेज भएकाले यसलाई सोही अनुसार अघि बढाउन सरकारलाई पनि आग्रह गरे ।

सभापति देउवाले मुलुकमा बलात्कारलगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै दोषी पहिचान गरी तत्काल कार्वाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।