काठमाडौं–सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध संहिता परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित बनेको छ ।
आज स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न कानुन मन्त्रालयलाई परिपत्र गरिसकेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।
तर, चिकित्सकहरुले भने सरकारलाई १५ दिने अल्टीमेटम दिँदा पनि कुनै निर्णय हुन नसकेको कारण आन्दोलनमा जानु परेको र सम्बोधन हुने ठोस प्रतिबद्धता आएमात्रै आन्दोलन रोक्न सकिने अडान लिएका थिए । योसँगै वार्ता कुनै सहमति बिनै टुंगिएको हो ।
