काठमाडौं– मुलुकी अपराध संहिता का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्। चिकित्सक संघले भने वार्तामा बोलाए पनि माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने भन्दै वार्ता र आन्दोलन एकसाथ जारी रहने बताएको छ ।
नयाँ ऐन बनाउँदा चिकित्सकहरुलाई कुनै जानकारी नगराइएको र बदनीयपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ ।

हिजो ओपीडी सेवा बन्द गरेर सडकमा उत्रिएका चिकित्सकहरुले आज पनि आन्दोलनलाई जारी राखेका छन् । आज दोस्रो दिन देशभरको अस्पतालका प्रशासनिक काम बन्द गराइएको छ
मुख्य रुपमा चिकित्सक संघले नयाँ मुलुकी ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी कसूर अन्तरगत १ दफाको २३० को उपदफा ९४०,दफा २३१,२३२,२३३ को उपदफा ९४० को २३५ र २३८ को उपदफा ९४० सच्याउनु पर्ने माग गर्दै आएका छन् ।
