उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश

१८ भाद्र २०७५, सोमबार १०:५७

उपराष्ट्रपति नन्दबहादुर पुनले गौरा पर्व–२०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतीको शुभकामना व्यक्त गरेका छन् ।

‘सात नंं प्रदेश अर्थात साविकको सुदुरपश्चिमाञ्चल क्षेत्र प्राकृतिक रुपमा अत्यन्त सुन्दर छ । गौरा पर्व र गौरा पर्वको अवसरमा नाचिने देउडामा गाईने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाहरुले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्य जस्ता संस्कार संस्कृतिले सुदूरपश्चिम क्षेत्रलाई झनै सुन्दर बनाएको छ । गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम क्षेत्रको मात्रै होइन नेपाल राष्ट्रकै पहिचान हो,’

यस वर्षको गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख छ ।