सार्वजनिक विदा अवज्ञा गरेका भन्दै  कानुनमन्त्री धर्ना बसे

१७ भाद्र २०७५, आईतवार १५:४४

काठमाडौं । प्रदेश सरकारले आफ्नो प्रदेश २ का सरकारी कार्यालयहरुलाई दिएको सार्वजनिक विदा अवज्ञा गरेका भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नै धर्ना बसेका छन् । कानुनमन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका हुन् ।

मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेका हुन् ।
प्रदेश सरकारले आइतबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयहरु खुलेका छन् ।

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै अन्तरिम मामिलामन्त्री यादवले नै राष्ट्र बैंकको जनकपुर कार्यालयको मुलगेटमा ताला लगाएका थिए ।