काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशमा जातिय द्वन्द मच्चाउन विभिन्न पक्षहरु क्रिय भईरहेको बताएका छन् । ओलीले अहिले कुनेपनि किसिमले सरकारलार्य दबाव दिन नसकिने भएकाले जाति द्वन्द भड्काउन खोजिएको जनाएका हुन् । यस्तै ओलीले यस्तो हिंसा भड्काउन खोज्नेबाट सचेत रहनु पर्ने समेत बताएका छन् ।
आइतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मअनुशासनको माध्यमबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेका थिए । उनले सामाजिक चेतनाको माध्यमबाट समाजलाई भड्काउन खोज्ने तत्वलाई निष्तेज पार्न पनि मातहतका निकायलाई सचेत गराए ।
ओलीले बालिका बलात्कारलगायतका घटना हुन नदिन सबैलाई गम्भीर बन्न आव्हान गरे ।
