सडकमा उत्रिए चिकित्सक

१७ भाद्र २०७५, आईतवार १४:१४

 

काठमाण्डौ
आइतबार नेपाल चिकित्सक संघले राजधानीमा मुलुकी अपराध संहिता ऐन २०७४ को बिरुद्धमा आन्दोन गरिरहेका छन ।

मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

बिहान १० बजेदेखि प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले माइतिघरबाट नयाँबानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले आजै ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएका छन् ।

संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गरिरहेका छन् ।