बुटवलमा एभरेष्ट बैंकबाट रकम लुटियो

१७ भाद्र २०७५, आईतवार १३:४८

 

बुटवल– आइतबार बिहान बुटबलस्थित एभरेष्ट बैंक भित्रैबाट रकम लुटिएको छ । विपी चोकमा रहेको बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको बिहान १० बजेट र ५ मिनेट जाँदा २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो ।

 

ज्ञवालीको नेपागञ्ज रोडमा दुर्गा प्लास्टिक हाउस रहेको छ । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेराबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।