मकवानपुरका युवाले वडाकार्यालय निर्माणका लागी १६ लाखको जग्गा दान गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका १ को कार्यालय निर्माणका लागी उनले उक्त जग्गा दान गरेका हुन ।
वडाकार्यालय निर्माणको लागी जग्गा दान गर्ने सोहि वडाका रामकुमार रायामाझी रहेका छन् । वडा कार्यालयको भवन निर्माणका लागी मकरी स्थीत दुई कठ्ठा जग्गा निशुल्क जग्गा उपलव्ध गराउने घोषणा गरेका छन्।
‘जग्गा अभावमा वडा कार्यालयको भवन निर्माण हुन नसकेको जानकारी पाएपछि मैले जग्गा उपलव्ध गराएको हुँ’–उनले भने–‘मेरो स्वर्गीय दाजुको नाममा जग्गा दान गर्ने निर्णय गरेको छु।’ नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष समेत रहेका उनले उपलव्ध गराउने जग्गामा भवन निर्माणको प्रक्रिया अघि बढाउने वडा अध्यक्ष शिवप्रसाद खनालले बताए। ‘उपलव्ध जग्गा प्राप्तिको प्रक्रिया अघि बढाई, यहीँ भवन निर्माण गर्ने छौं।’
कार्यालय अभावमा सेवा प्रवाहलाई व्यवस्थित गर्न नसकेको बताउँदै उनले भवन निर्माणपछि सेवा प्रवाह व्यवस्थित ढंगले हुने उनले बताए। भवन निर्माण गर्न जग्गा पहिचानका लागि समिति नै बनाएको अवस्थामा रायमाझीले जग्गा उपलव्ध गराएपछि भवन बन्ने निश्चित भएको समितिका संयोजक रघुनाथ अधिकारीले बताए। रायमाझीले वडा कार्यालयका लागि ६ मिटरको बाटोसहित २ कट्ठा जग्गा रायमाझीले वडालाई उपलब्ध गराउने भएका छन्।
