१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले पहिलो विकेट गुमाएको छ ।
नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।
मलेसियाको अहिले चौथो ओभर चलिरहँदा १ विकेटको क्षतिमा ३१ रन भएको छ ।
वर्षाको कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
खराब सुरुवात गरेको नेपालले १८ रन हुदा सुवास खुकुरेललाई ९ रनमा गुमाएको थियो । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट हुँदा नेपालले ६० रनमा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।
तर, पाँचौ नम्बरमा ब्याटिङ गर्न दीपन्द्रसिंह ऐरी र सातौ नम्बरमा आएका आरिफ शेख नेपालको इनिङ्स उकासे । छैटौं विकेटका लागि दीपेन्द्र र आरिफले १०१ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ५१ बलमा ५४ रन बनाएर आउट भए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै आरिफले ४८ बलको सामना गर्दै ६४ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
