सुपादेउराली मन्दिर पर्यटक भित्रायाउने संगम

१८ भाद्र २०७५, सोमबार १४:११

काठमाण्डौं सुपादेउराली मन्दिर अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका सुपादेउराली वाड न ७ मा अवस्थित छ । सुपादेउराली मन्दिरमा दर्शन गर्न जानेको भिडभाड नै हुन्छ । त्यो मन्दिर अर्घाखाँची र कपिलबस्तु जिल्लाको बीचमा पर्छ । सुपादेउराली मन्दिर नेपालकै धार्मिक पर्यटक स्थलमा प्रख्यात छ । सुपा देउराली मन्दिमा गई पाठा पाठीको बलि दिने चलन धेरै पहिले देखि आएको जनबिश्वास छ ।

अहिले मन्दिरको आसपासको बाटो लाई फराकिलो बनाईएको छ । मन्दिरमा दर्शनार्थीको सधै घुइचो हुने गर्छ । मन्दिर आसपासको बाटो लाई अझै फराकिलो बनाउने र बिदेशि पर्यटक समेत धेरै भन्दा धेरै भित्रायाउने योजनामा लागेको सन्धिखर्क नगरपालीकाका उपमेयर ठाकुर कुमार बिकले बताए । सुपादेउराली जस्तो महत्व बोकेको एतिहासिक मन्दिर हाम्रो जिल्लामा हुनु ठूलो गौरवको बिषय रहेको र यसलाई अझ ब्यवस्थित बनाउने कुरामा नगरपालीका गृहकार्यमा रहेको उपमेयर बिकले बताए । अर्घाखाँची जिल्लाका बिभिन्न भागमा पर्यटक भित्रायाउने खालका मठ मन्दिरहरु छन । ती मन्दिरहरु लाई संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तब्य हो । सु अर्घामा भगवति मन्दिर , लगाएतका प्रख्यात मठ मन्दिरले अर्घाखाँची जिल्लालाई चिनाएको छ ।