विवादै विवादमा एसपी विष्ट

२९ भाद्र २०७५, शुक्रबार ०७:५९

काठमाडौैं । एसपी विष्ट प्राय विवादित हुने गरेका छन् । यो समाचारलाई आजको कान्तिपुर दैनिकले छापेको छ । समाचारमा भनिएको छ्, ‘नालायक नेतृत्वले लच्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले गम्भिर पाठ सिकाएको छ।

 

प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे।

यस अघि उनले महिलामाथि पनि दुर्वयबहार गरेको छ। दुई वर्ष अघि दर्चुलामा डीएसपीका रुपमा बसेका उनले २०६४ साल पुस ३० गते देखि मसिर २८ २०६६ सम्म दार्चुलमा प्रमुख भएर कार्यालय चलाएका थिए। उक्त अवधिमा जिल्ला प्रहरी कार्यालमै कार्यरत महिला प्रहरीलाई दुव्र्यबहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भएको थियो।