बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ

१० आश्विन २०७५, बुधबार ११:४८

पोखरामा मृत भेटिएकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ। सुनारलाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कार पछि हत्या गरेको खुल्न आएको छ। पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। बालिका बस्दै आएको घरबाट २ मिनेटको दुरीमा घर भएका पौडेल ४ बर्षीय बच्चाको बाबु समेत हुन्।

कास्की प्रहरीले आजपत्रकार सम्मेलन गरेर अभियुक्त घटनाबारे सार्वजनिक गर्ने जनाएको छ। अपराधमा संलग्नलाई पक्राउ गरिसकिएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए। प्रहरीले अपराधी पत्ता लगाउन कुकुर समेत परिचालन गरेको थियो।

स्थानीयका अनुसार बाबुले दोश्रो विवाह गरेपछि मामाघरमा आमासँग बस्दै आईरहेकी सुनारको शव मंगलबार बिहान ८ बजे भेटिएको थियो।शवको प्रकृति अनुसार पनि प्रहरीले तत्कालनै हत्या भएको आशंका गरेको थियो। टाउकोमा गहिरो चोट, शरीरको तल्लो भागको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको अवस्थामा भेटिएपछि स्थानीयले बलात्कारको आशंका गरेका थिए।