बाबुरामविरुद्ध कालो झण्डा देखाउदै अमेरिकामा प्रदर्शन

३१ भाद्र २०७५, आईतवार ०८:५६

काठमाडौं  । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा कालो झण्डा देखाउदै विरोध प्रदर्शग नरिएको छ । एक कार्यक्रममा सहभागी हुन अमेरिका गएका गएका बाुराम विरुद्ध अमेरिकामा रहेका केही नेपाली युवाले बिरोध गरेका हुन् ।

डा भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् । डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।

तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् । तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ । ‘गो ब्याक’ भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।  डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहनेछन् ।