प्रधानमन्त्री ओली न्युयोर्कमा

८ आश्विन २०७५, सोमबार १०:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिनका लागि सोमबार बिहान अमेरिकाको न्युयोर्क पुगेका छन् ।

उनलाई न्युयोर्कको जेएफके बिमानस्थलमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले स्वागत गरेका थिए ।
उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्रीले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।