पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि काँग्रेसलाई मान्य छैन 

२ आश्विन २०७५, मंगलवार १३:०५

 

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि काँग्रेसलाई मान्य नहुने बताएको छ

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै घोर आपत्ति जनाएका छन ।
गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ । यसको सबै तिरबाट घोर बिरोध भइरहेको छ ।
बिध्धार्थि संघ संगठनले पनि बिरमोध गरेका छन । कम्युनिष्टको सरकार भनेको नै यहि हो , जनतालाई उपाहर मंहगी भएको छ । काँग्रेस नेता सिह भन्छन ।
एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूला नारा दिएपनि जनतालाई राहत दिने कुनै पनि काम गर्न नसकेको दावी पनि गरे ।

कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दावी छ । नेता सिंहले काँग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गरे ।
उनले सर्वोच्च नेता गणेशमान सिंहले देखाएको बाटोबाटै काँग्रेस अघि बढिरहेको पनि बताए ।
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, नेता नविन्द्रराज जोशीलगायतका काँग्रेस नेता, कार्यकर्ताहरुले त्यहाँस्थित गणेशमान सिंहको शालिकमा माल्याअर्पण गरेका थिए ।