न्याम्सलार्इ दिएको नर्सिङ कार्यक्रम भरतपुर अस्पतालले फिर्ता लियो

२७ भाद्र २०७५, बुधबार १२:३७

 

चितवन । गत वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सलाई दिइएको प्रविणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम भरतपुर अस्पतालले फिर्ता लिएको छ ।

सीटीईभीटीको सम्बन्धनमा चल्दै आएको नर्सिङ कार्यक्रम गतवर्ष तत्कालीन मेडिकल सुपरिटेण्डन्ट डा रुद्रप्रसाद मरासिनीले अस्पताललाई वार्षिक करिब ४५ लाख रकम घाटा लाग्ने गरी न्याम्सलाई दिएका थिए । यसको चौतर्फी बिरोध भएको थियो ।

न्याम्सको पहिलो ब्याचले अहिले अध्ययन गरिरहेको छ । न्याम्ससँग कार्यक्रम चलाउँदा अस्पतालले विद्यार्थीबाट प्रतिविद्यार्थी दुई लाख ४० हजार र प्रतिमहिना तीन हजार रुपैयाँ लिएको थियो । त्यसको ५० प्रतिशत रकम न्याम्सलाई नै बुझाउनुपथ्र्यो । त्यसो हुँदा वाषिर्क ४५ लाख रकम न्याम्सले लैजाने गरेको थियो । सीटीइभिटीको कार्यक्रम चलाउँदा नविकरण वापत ३० हजार रुपैयाँ बाहेक अन्य रकम खर्च गर्नुपर्दैन ।

सीटीईभीटीको गत भदौ ३ गते बसेको परिषद्को बैंठकले भरतपुर अस्पताललाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्ने पुनः स्वीकृती दिएको हो ।
सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि भदौ २४ गते सूचना प्रकाशन गरी र्फम खुलाएको छ ।