टेलिकमको मोबाइलमा समस्या देखियो

१९ भाद्र २०७५, मंगलवार ०९:३६

 

काठमाडौं — आज बिहान ६ बजेदेखि प्रि—पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या देखिएको छ ।
नेपाल टेलिकमले जनाए अनुसार बिहान ६ बजेदेखि प्रि—पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको हो ।

टेलिकमको प्रि—पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएकोले मोबाइलमा सम्पर्क नहुने भएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।

मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् भने, ल्यान्डलाइन, पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।

मोबाइल नेटवर्कमा खराबी किन र कसरी भएको भन्नेवारे पहिचान हुन बाँकी रहेको टेलिकमले जनाएको छ ।