जापानमा शक्तिशालि आँधीः ७ को मृत्यु, २ सय घाईते, दशौ हजार मानिस विस्थापित

२० भाद्र २०७५, बुधबार ०८:४९

काठमाडौं । जापानमा गएको शक्तिशाली आँधि जाँदा सात जनाको मृत्यु भएको छ । यसतै आँधिमा पर २ सय जना घाईते भएका छन् भने दशौ हजार मानिस विस्थापित भएका छन् ।
मंगलबार गएको उक्त आँधि करिब २५ वर्ष यताकै सबैभन्दा ठुलो र शक्तिशालि आँधि हो ।

भारि वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथै ट्यांकरसमेत उडाएर पुलमा ठोक्काइदिएको छ ।
आँधीले उत्तर दिशा समातेकाले यो कमजोर हुने अनुमान गरिएको छ । आँधिसंगैको ठूलो वर्षातले गर्दा थुप्रै स्थानमा पहिरो पनि गएको छ ।

आँधी र पहिरोबाट दश लाख प्रभावित भएका छन् । आँधी, बाढी र भू–क्षयको खतरा बढेपछि सरकारी अधिकारीहरुले घर छाड्न मानिसहरुलाई निर्देशन दिएका छन् ।

बीबीसीका अनुसार दशौं हजारले भने यसअघि नै घर छाडेर सुरक्षित स्थान रोजिसकेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

आँधी र बाढीपछि सयौ हवाई सेवा, रेल तथा डुंगाहरुको सेवा रद्द गरिएको छ ।

बीबीसीका अनुसार ओसाकाको कान्सै अन्तर्रा्ष्ट्रिय विमानस्थल बाढीले घेरिएको छ ।

जापान यस्ता आँधी तथा तुफानहरुको मारमा विगतदेखि नै पर्दै आएको छ । गत जुलाइमा मात्रै जापानमा गएको पहिरो तथा बाढीका कारण २ सय जनाले ज्यान गुमाएका थिए ।

सन् १९९३ मा जापानमा गएको आँधीमा परी ४८ जनाको ज्यान गएको थियो । मंगलबार गएको आँधीलाई त्यसपछिकै शक्तिशाली भनिएको छ ।