ग्यासको मूल्य बढाउने तयारीमा निगम

२० भाद्र २०७५, बुधबार ०८:०७

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको मुल्य बढाउने तयारी गरेको छ । ग्यास खरिद विक्रि गर्दा घाटा भएको भन्दै घाटा कम गर्ने उद्देश्यका साथ व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य बढाउने तयारी गरेको हो ।

दुई रङको सिलिन्डर लागू गरी रातो रङको घरायसी प्रयोनका लागि वितरण गर्ने र नीलो रङको व्यावसायीक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी भएको निगमले जनाएको छ। मंगलबार पत्रकार सम्मेलन गरी निगमले व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य घरायसी प्रयोजनको ग्यास भन्दा महँगो बनाएर घाटा कम गर्नुपर्ने बताएको हो।

निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले भने ‘निलो रङको सिलिण्डर व्यावसायका लागि खपत गर्ने र त्यसको मूल्य पनि वृद्धि गर्ने र घरायसी प्रयोजनका लागि मूल्य यथावत राख्ने तयारी छ। त्यसका लागि हामीले पहिला खपतको प्रतिशत पत्ता लागउँदैछौ, ग्यास व्यवसायीसँग तथ्यांक मागिएको। तथ्यांक आएपछि हामी अघि बढ्छौ।’