खुल्ला क्रीकेट खेल प्रतियोगिताको आयोजना हुने

१ आश्विन २०७५, सोमबार १३:१४

अर्घाखाँची । विजया दशमी तथा शुभ दिपावली २०७५ सालको उपलक्ष्यमा भूमेदह युवा क्लव मालारानी काफलनेटि अर्घाखाँचीले गत बर्ष जस्तै यस वर्ष पनि खुल्ला क्रीकेट प्रतियोगिता तथा सम्मान कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।

असौज २७ गते बाट सुरु हुने खेल भुमेदह क्रिकेट मालारानी ९ मैदान, काफलनेटी, दहकाचौरमा हुने भएको हो ।

नकआउट सिस्टमबाट खेलाईने प्रतियोगितामा प्रथम पुरस्कार २० हजार दोश्रो १० हजार राशी राखिएको उक्त खेलमा उत्कृष्ट व्याट्सम्यान र बलरलाई १५ सय को साथमा मेडल ,प्रमाणपत्र वितरण गरिने आयोजक क्लवले जनाएको छ ।

२७ गते बिहान १० बजे बाट सुरु हुने खेलमा एक टिममा अतिरिक्त सहित १३ जना खेलाडी परिचयपत्र खुल्ने गरि परिवर्तन नहुने गरि ३ हजार रुपैया दर्ता शुल्क रहेको छ भने , टिम दर्ता फोन बाट पनि गरिने भएको हुदा निम्न नम्बर बाशुदेव पन्थी ९८६७२६५१२३ वसन्त पन्थी ९८६७७२७३४१ जिबलाल पन्थी ९८४७४४४६६६ मा सम्पर्क गरि गर्न सकिने जनाइएको छ ।

हाल साउदीमा रहेका काफलनेटि दहका गनपति पन्थीले प्रथम पुरस्कार र टोकियो जापानमा रहेका कृष्ण प्रसाद पन्थीले दोश्रो पुरस्कारको सौजन्य गरेको खेलमा सम्पुर्ण क्रीकेट खेल प्रेमी ,क्लब, संघ संस्था तथा टिमहरुलाई क्लबले निमन्त्रणा गरेको छ । भने प्रतियोगितामा नाम दर्ता असौज १० गते देखी २५ गते भित्र सम्म गर्न सकिने क्लबका वासुदेव पन्थिले जानकारी दिएका छन ।