अबैध रुपमा ढुंगा उत्खन्न गर्ने २५ सवारी प्रहरीको नियन्त्रणमा

८ भाद्र २०७५, शुक्रबार ०९:११

अबैध रुपमा ढुंगा उत्खनन् गर्ने २५ सवारीलाई प्रहरीले नियन्त्रणमा ्िलएको छ । पोखराका विभिन्न स्थानबाट अबैध रुपमा ढुंगा उत्खन्न गर्ने २ जेसिबी सहित ओसार पसरा गर्ने १२ टिप्परहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका – २५ नयाँखानिमा अबैध रुपमा ढुगा उत्खन्न गरि पैठारी गरिरहेको अवस्थामा टिप्पर र जेसिबी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले टिप्पर र जेसिबीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले बताएका छन् । जानकारी दिए ।